PRABHU BANK

साधना लघुवित्तको तेस्रो त्रैमासमा खुद नाफा २१.६१ प्रतिशतले बढ्यो

Sadhana Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । साधना लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस त्रैमासमा ९ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन खुद नाफा अघिल्लो वर्षको तुलनामा २१.६१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ७ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
कम्पनीको खुद ब्याज आम्दानी ३७.२१ प्रतिशतले र सञ्चालन नाफा ३५.०३ प्रतिशतले बढेको छ । यस्तै कम्पनीको निक्षेप संकलन ६३.३२ प्रतिशतले बढेको छ र कर्जा लगानी ७५.९६ प्रतिशतले बढेको छ । कम्पनीको खराब कर्जा पनि २.३३ प्रतिशत बाट घटेर १.८६ प्रतिशतमा पुगेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ २७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ५५ पैसा रहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै