prabhu

सिटिजन्स बैंक र फोकसवान प्रा.लि बीच सम्झौता

citizens Bank
  • बैंकिङ संसार
काठमाडौँ । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुबिधा प्रदान गर्ने क्रममा भुक्तानी सेवा प्रदायक, फोकसवान प्रा.लि सँग कार्डमा आधारित स्क्यान टू पे र क्यू आर (Scan to Pay/QR) माध्यमवाट भुक्तानी गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी सेवा प्रारम्भ गरेको छ ।
उक्त सेवा संचालनमा आएसँगै बैंकका कार्ड बाहकहरुले फोकसवानद्धारा संचालित मोको (MOCO) डिजिटल वालेटमा बैंकका डेबिटरक्रेडिट कार्डहरु लिङ्क गरि सोही कार्डहरुबाट खर्च हुने गरि विभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकट भुक्तानी लगायतका सेवाहरु प्रयोग गर्न सक्नेछन्। यसै गरि बैंकका ग्राहकहरुले मोको वालेट मार्फत एनसीएचएल (NCHL) को नेपाल पे अन्तर्गतका क्यू आर (QR) माध्यमवाट भुक्तानी समेत गर्न सक्नेछन ।
सिटिजन्स बैंक लगायतका बिभिन्न बैंकहरु द्वारा प्रबर्धित नेपाल पेमेन्ट सोलुसन ९नेप्स० तथा फोकसवानको सहकार्यमा प्रारम्भ गरिएको यस सेवाबाट बैंकको डिजिटल बैंकिङ सेवाको क्षेत्रमा नौलो आयाम थपिएको विश्वास बैंकले लिएको छ । आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क (Kiosk), ई.के.वाई.सी.(E-KYC) तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ । साथसाथै, यस बैंकका ग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता  (Customer Support Centre)  को समेत स्थापना गरिसकेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै