prabhu

नयाँ सीइओ आएपछि सांग्रिला डेभलपमेन्ट बैंकमा भद्रगोल : बर्दीबासमा ऋण काण्ड, गोरखामा भल्टबाट पैसा गायब !

 Shangrila Dev. Bank
  • बैंकिङ संसार सम्बाददाता 
काठमाडौँ-प्रमोटरहरुले नियम विपरित एउटा बैंकबाट कर्जा लिएर प्रमोटर सेयर किनेको, तत्कालीन सञ्चालकले सञ्चालक पद छोडेको एक बर्ष नपुग्दै बैंक तथा वित्तीय संस्था ऐन विपरित संस्थापक सेयर धितो बन्धक राखेको खबर बैंकिङ संसार डटकमले प्रकाशित गरेसँगै सांग्रिला डेभलपमेन्ट बैंकको अर्को काण्ड बाहिरिएको छ । बैंकको बर्दीबास शाखामा ऋण स्वीकृत नै नगरी डेलिभरी अर्डर दिइयेपछि बैंकका ब्रान्च मेनेजरसहितका केहि कर्मचारीहरु कारवाहीमा परेको फेला परेको छ भने गोरखामा भल्टमा पैसा नै गायब भएको अर्को काण्ड पनि बाहिर आएको छ ।

यस्तो छ बर्दीबासको ऋण काण्ड र गोरखाको भल्ट काण्डको नालीबेली !
बर्दीबासमा एक ऋणीले ५ करोड रुपैयाँको गाडी कर्जा लिन प्रक्रिया चालेका थिए । तर सिष्टम विपरित ऋण स्वीकृत नै नभई डेलिभरी अर्डर दिइएपछि लफडा निस्किएको थियो । नियम विपरित यसरी काम गरिएको पाइएपछी त्यहाँका ब्रान्च मेनेजरलाई बैंकले कारवाही गरेको छ । बैंककै ब्रान्च मेनेजरको मिलेमतोमा यसरी बैंकिङ प्रक्रिया नै पूरा नगरी ऋण स्वीकृत नै नभई गाडी डेलिभरी गरिएपछि यो काण्ड बाहिर आएको थियो । यता गोरखामा भने भल्टबाट पैसा नै हरायो । उक्त शाखाबाट भल्टमा राखिएको पैसाबाट एकाएक १५ लाख गायब भएपछि अनुसन्धान थालिएको थियो । पछि ब्रान्च मेनेजरले नै उक्त रकम तिर्ने बताएपछि केस सल्टिएको थियो ।

नयाँ सीइओ आएदेखि नै बैंकमा भद्रगोल 
सांग्रिला डेभलपमेन्ट बैंकमा नयाँ सीइओ आएदेखि निकै भद्रगोल मच्चिएको छ । कतिले यसलाई संयोगमात्र भनेका छन् भने कतिपयले नयाँ सीइओको व्यवस्थापकीय कमजोरी भनेका छन् । बैंकमा नयाँ आएका सीइओ सुयोग श्रेष्ठ हुन् । यसअघि एस डेभलोपमेन्ट बैंकमा सीइओ रहेका उनी उक्त बैंक मर्जरमा गएपछी खाली थिए । पछी बैंकका तत्कालीन सीइओ राजेन्द्र पौडेलको शैक्षिक योग्यता नपुगेका कारण उनी सीइओ रहीरहन नसकेपछि बैंकले सुयोग श्रेष्ठलाई सीइओका रुपमा ल्याएको थियो । तर उनी आएपछि बैंकमा भद्रगोल सुरु भएको बैंककै कर्मचारीहरुको भनाइ छ ।



यो पनि पढ्नुहोस् :

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै