PRABHU BANK

नबिल बैंकको १२ प्रतिशत बोनसमा मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं – नबिल बैंक लिमिटेडको १२ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयरपछि सर्वसाधारण समूहको सेयर मूल्य प्रतिकित्ता ७०८ रुपैयाँ ९३ पैसामा कायम भएको छ भने संस्थापक सेयर मूल्य प्रतिकित्ता ६७० रुपैयाँमा कायम भएको छ ।
यस्तै बैंकले फागुन २७ गते हुने वार्षिक साधारण सभाका लागि मंगलबार बुक क्लोज गरेको हो । साधारण सभामा बैंकले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश दिने विशेष प्रस्ताव पेश गर्ने भएको छ । साधारण सभा फागुन २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमालादी, काठमाडौंमा बिहान ११ः३० बजे सुरु हुनेछ ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस सेयर वितरणपछि चुक्ता पुँजी ९ अर्ब ८४ लाख ७ हजार ५२० रुपैयाँ पुग्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै