PRABHU BANK

सिभिल बैंक र बिराट मेडिकल कलेजबीच सम्झौता, बैंकका ग्राहकहरुलाई विशेष छुट

Civil Bank
  • बैंकिङ संसार
काठमाडौँ । सिभिल बैंकका सम्पूर्ण ग्राहकहरुले बिराटनगरको बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन् । आज एक कार्यक्रममा बैंकका तर्फबाट सिभिल बैंकका प्रदेश नं १ का प्रमुख राजेश ढकाल तथा हस्पिटलका तर्फबाट अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार ग्राहकहरुले ओ.पि.डि, बेड चार्ज तथा अपरेसनमा लाग्ने शुल्कमा १०% छुट पाउने ब्यबस्था छ । यसका साथै आगामी दिनहरुमा अन्य संघ संस्थाहरुसँग पनि यस्ता सम्झौताहरु गर्दै जाने बिराटनगर शाखाका प्रवन्धक प्रशान्त कार्कीले बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै