PRABHU BANK

मुक्तिनाथ विकास बैंक ‘द बिज अवार्ड २०२२’ बाट सम्मानित, व्यापार प्रणालीमा थप रणनीति बनाउन प्रोत्साहन

Muktinath Bikas Bank
  • बैंकिङ संसार
काठमाडौँ । WORLD CONFEDERATION OF BUSINESS- WORLDCOB द्धारा आयोजना गरिएको सबैभन्दा महत्वपूर्ण बिजनेस एक्सीलेन्स् अवार्ड ईन द वल्र्ड ‘ द बिज अवार्ड २०२२’ द्धारा विभिन्न ६ विघाहरु -व्यापारमा उत्कृष्टता, व्यापारमा अबल नेतृत्व, सेवाको गुणस्तर, सेवामा सृजनात्मक अभ्यास आदि-मा मुल्याङ्कन गरी उक्त संगठनबाट मुक्तिनाथ विकास बैंक लि. सम्मानित भएको छ । सो कार्यक्रमका आयोजनाकर्ता विश्वभरीका १३० वटा देशहरुका ३,५०० भन्दा बढि व्यापार सदस्यहरुको प्रतिनिधित्व गर्दै आएको छ ।
मुक्तिनाथ विकास बैंकलाई सोही क्रममा ‘Business Excellence Certificate’ द्धारा र यस बैंकमा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललाई पनि ‘Business Excellence Certificate WORLDCOB’ ले सम्मानित गरेको हो । यस सम्मानले बैंकलाई भविष्यमा आफ्नो व्यापार प्रणालीमा अझ थप रणनीति बनाउन र ग्राहकहरुका लागि नविनतम सेवाहरु ल्याउन उत्साहित बनाएको छ । बैंकले यस अघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० समेत हासिल गरेको थियो भने ‘ग्लोबल एसएमई अवार्ड २०२१’ को SME Financier of The Year- Asia विधामा पनि बैंक सम्मानित भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै