५० रूपैयाँ दरका २३ करोड थान नोट छाप्न फ्रान्सेली कम्पनीसँग ६१ करोडको खरीद सम्झौता

काठमाडौं – नेपाल राष्ट्र बैंकले ५० रूपैयाँ दरका २३ करोड थान नयाँ नोट डिजाइन, छपाई तथा आपूर्ती गर्न फ्रान्सको ओबर्थ्यु फिदुसियर कम्पनीसँग सम्झौता गरेको छ । राष्ट्र बैंकले बोलपत्र आह्वापछि पर्न आएको बोलपत्रको मूल्यांकन गर्दा न्यूनतम मूल्य अंकित भएकाले सो कम्पनीसँग सम्झौता गरेको हो ।
केन्द्रिय बैंकले गत पुस २० गते उक्त नोट डिजाईन, छपाई तथा आपूर्तीका लागि बोलपत्र आह्वान गरेको थियो । सो कम्पनीसँग फागुन १९ गते युरो ४७ लाख ७२ हजार ५०० (करीब रू. ६१ करोड ३१ लाख) को खरीद सम्झौता गरेको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले बताए । यस्तो बोलपत्र आह्वान गर्दा नेपाल राष्ट्र बैंकमा सूचिकृत भएका कम्पनीलाई मात्र मान्यता दिईने राष्ट्र बैंकले बताएको छ । आर्थिक अभियानबाट

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्