prabhu

हिमालयन लघुवित्तको अध्यक्षमा विजयमान नकर्मी नियुक्त

himalayan laghubitta
  • बैंकिङ संसार
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा विजयमान नकर्मी नियुक्त भएका छन् ।
संस्थाको सञ्चालक समितिको भाद्र १२ गते मंगलबार बसेको २१५ औं बैठकले संस्थापक सेयरधनी समूह हिमालयन बैंक लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्ने विजयमान नकर्मीलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
हिमालयन बैंक लिमिटेडबाट बैंकिङ सेवा शुरु गरी करीब ३० वर्षदेखि यसै क्षेत्रमा कार्यानुभव भएका नकर्मी हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका छन् ।
राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाले हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७५ हजार भन्दा बढी सदस्यलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै करिब रु. १ अर्ब बचत संकलन गरी रु. ४ अर्ब ४३ करोड लगानी गरेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै