महालक्ष्मी लाईफ इन्स्योरेन्सले ३५ जिल्लामा गर्यो बीमा जागरण कार्यक्रम, ६३ सयको सहभागिता

काठमाडौँ – महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कारोवार सञ्चालनको १ महिनाभित्र ३५ जिल्लामा बीमा जागरण, अन्तरक्रिया तथा तालिम सञ्चालन गरेको छ ।
२०७५ माघ २७ गतेबाट कारोबार सञ्चालन गरेको नेपालको १९ औं जीवन बीमा कम्पनीले सातै प्रदेशका ३५ जिल्लामा ७५ वटा कार्यक्रम सञ्चालन गरेको छ । प्रदेश १ को ४ वटा जिल्ला, प्रदेश २ को ७ वटा जिल्ला, प्रदेश ३ को १० वटा जिल्ला, प्रदेश ४ को ५ वटा जिल्ला, प्रदेश ५ को ५ वटा जिल्ला, प्रदेश ६ को २ वटा जिल्ला र प्रदेश ७को २ वटा जिल्लामाअभिकर्ता तालिम तथा बीमा जागरण कार्यक्रम सञ्चालन भएको कम्पनीले जनाएको छ ।
जीवन बीमा व्यवसायको लागि अभिकर्ता नियुक्ति अनिवार्य भएको तथा कम्पनीको बीमा योजना सम्बन्धी जानकारी, कम्पनीको रणनीति र कार्यक्रम आम जनता समक्ष पुर्याउन आवश्यक भएकोले पनि तालिम र जनजागरण अभियान सञ्चालन गरिएको हो । एक महिनाको यो कार्यक्रममा हाल सम्म ६,३०० भन्दा बढी व्यक्तिले सहभागिता जनाएको कम्पनीले जनाएको छ । कम्पनीले २०७५ चैत्र मसान्त सम्म देशभर अभिकर्ता तालिम र बीमाजागरण अभियानलाई निरन्तरता दिने र त्यसपछि बीमा व्यवसाय प्रभावकारी रुपमा सञ्चालन गर्ने कार्यक्रम बनाएको जनाएको छ ।
कम्पनीले बीमा समितिबाट स्वीकृति लिएको सातै प्रदेशको १३ वटा शाखा तथा उपशाखा तथा उपत्यकाभित्रको १० वटा शाखा आउँदो चैत्र मसान्त भित्र सञ्चालन गरिसक्ने तयारी गरिरेहको प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जनाएका छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्