prabhu

एनएलजी इन्स्योरेन्सका सीईओ सुनिल बल्लभ पन्तको योग्यता निर्देशिका विपरीत

काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तको शैक्षिक योग्यता निर्देशिकाविपरीत देखिएको छ । बीमा समितिले जारी गरेको बीमकको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५ अनुसार कुुनै पनि बीमा कम्पनीमा प्रमुुख कार्यकारी अधिकृत हुुनको लागि बीमा, व्यवस्थापन, वित्त, अर्थशास्त्र, लेखा, वाणिज्य शास्त्र, कानुुन, गणित, तथ्यांक शास्त्र वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी कम्तीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भए कम्तीमा पाँच, बैंक तथा वित्तीय क्षेत्रमा भए कम्तीमा आठ तथा दुवै क्षेत्रमा भए बीमाको एक वर्षको अनुभवसहित कम्तीमा सात वर्ष अनुभव भएको व्यक्तिहरु मध्येबाट प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नुुपर्नेछ ।
तर निर्देशिकामा यो व्यवस्था रहेको भए पनि एनएलजीको प्रमुख कार्यकारी पन्तको हकमा भने यो व्यवस्था लागू भएको छैन । पन्त साइन्स पढेर बीमा क्षेत्रमा आएका व्यक्ति हुन् । समितिको संस्थागत सुशासनसम्बन्धी निर्देशिकामा साइन्स विषयमा पढेको व्यक्ति प्रमुुख कार्यकारी हुुन पाउँछ भन्ने कतै उल्लेख गरिएको छैन । तर पन्तले भने एनएलजी इन्स्योरेन्सको सञ्चालक समिति एवं बीमा समितिका केही उच्च अधिकारीहरु समेतलाई प्रभावमा पारेर आफूअनुकूलको नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याउन सफल भएका छन्, स्रोतले भनेको छ । समितिको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५ परिपत्र नं. ०३/०७५ को बुँदा नं. (ग) मा विज्ञान विषयमा गणित विषय २०० पूर्णाङ्कलाई योग्यता पुगेको भनेर व्याख्या गर्ने भनिएको छ ।
समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले हस्ताक्षर गरेको उक्त परिपत्र पन्तलाई सीईओ बनाउनका लागि थपिएको स्रोतले बताएको छ । बीमा समितिको संस्थागत सुशासनसम्बन्धी निर्देशिकामा भने साइन्स पढेको व्यक्ति बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत नियुक्त हुुन पाउने विषयमा कतै पनि उल्लेख गरिएको छैन । तर समिति स्वयंले आफैँले जारी गरेको संस्थागत सुशासनसन्बन्धी निर्देशिकापश्चात् पुनः परिपरित्र जारी गरी सीईओको योग्यतामा केही बुँदा थप गरी एनएलजीका बल्लभको लागि बाटो खुल्ला गरिदिएको छ, स्रोतले भनेको छ ।
तर सोही विषयमा बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत पन्तको योग्यतामा आशंका गर्नेपर्ने कुनै ठाउँ नरहेको बताएका छन् । ‘बीमा समितिले आफ्नो ऐन, नियम र परिधिभित्र रहेर परिपत्रहरु जारी गर्छ, यी परिपत्रहरु जारी गर्दा बीमा क्षेत्रको वर्तमान अवस्थालाई हेर्नुपर्ने हुुन्छ, सोही आधारमा संस्थागत सुशासनसम्बन्धी निर्देशिकाको केही बुँदाहरुमा थपघट भएको हो’ निर्देशक पौडेलले भने । अहिले बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहेको अवस्थामा प्रमुख कार्यकारी अधिकृतको योग्यतासम्बन्धी व्यवस्थालाई केही परिमार्जन गर्दा यसले बीमा क्षेत्रलाई अझ राम्रो बनाउने पौडेलको भनाइ छ । (आर्थिक दैनिकबाट)

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै