DISH HOME

संखुवासभा र उदयपुरमा प्रभु बैंकको शाखा विस्तार, खतिवडा र कार्कीद्धारा उद्घाटन

काठमाडौँ – प्रभु बैंकले संखुवासभा जिल्लाको खाँदवारी नगरपालिका वडा नं.१ स्थित खाँदवारीमा र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ११ स्थित गाईघाटमा नयाँ शाखा कार्यलयको विस्तार गरेको छ । खाँदवारी शाखा कार्यालयको उद्घाटन खाँदवारी न.पा.का मेयर मुरारी प्रसाद खतिवडाले गरे भने उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ११ स्थित गाईघाट शाखाको उद्घाटन प्रदेश सभासद हिमाल कार्कीले गरे ।

कार्यक्रमका दुवै बोल्दै खाँदवारी न.पा.का मेयर खतिवडा र प्रदेश सभासद कार्कीले प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गर्दै त्रियुगा नगरपालिका र खाँदवारी नगरपालिका बासीहरुलाई पनि प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सही सदुपयोग गरी व्यापार व्यवसाय विस्तार गर्न तथा आप्mनो आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणालीमार्फत गुणस्तरीय बैंकिङ्ग सेवाको लाभ लिन आग्रह गरे ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै