PRABHU BANK

जनता बैंकको सेयर रजिष्ट्रारको काम अब काम जनता क्यापिटलले गर्ने

 Janata Bank

काठमाडौं – जनता बैंक लिमिटेडको सेयर रजिष्ट्रारको काम जनता क्यापिटल लिमिटेड, थापाथलीले गर्ने भएको छ । अब जनता बैंकको सेयरसम्बन्धी अभिलेख राख्ने, दाखेल खारेज गर्ने लगायत सम्पूर्ण कामहरु जनता क्यापिटलले गर्ने भएको छ ।
जनता बैंकको सेयर रजिष्ट्रारको काम यसअघि बीओके क्यापिटल (साविकको काठमाडौं क्यापिटल) ले गर्दै आएको थियो । जनता क्यापिटलले वैशाख २ गते देखि सेयर रजिष्ट्रारको काम सुरु गर्ने भएको छ । जनता क्यापिटल जनता बैंकको सहायक कम्पनी हो ।
साथै, जनताले सेयर रजिष्ट्रारलगायत अन्य कार्यको हिसाब मिलान गर्न चैत १८ गतेदेखि ३० गतेसम्म बीओकेमा कारोबार बन्द रहने समेत जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै