काठमाडौँ – सिभिल क्यापिटल मार्केट लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । सिभिल क्यापिटलका कर्मचारी र उक्त क्यापिटल मार्फत शेयर कारोबार गर्दै आएका सेवाग्राहीहरुलाई निर्जीवन बीमामा विशेष छुट दिने बारेमा सम्झौता भएको हो ।
त्यसैगरी एनएलजीका कर्मचारी र सेवाग्राहीहरुलाई सिभिल क्यापिटल मार्फत शेयर कारोबार गराउने सम्झौता भएको हो । सम्झौतापत्रमा सिभिल क्यापिटलका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत शुसील महर्जन र एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिलबहादुर पन्तले हस्ताक्षर गरेका छन् ।