DISH HOME

सानिमा बैंकको नयाँ शाखा पुतलीसडकमा, ७८ स्थानमा शाखा सञ्जाल

 Sanima Bank

काठमाडौं – सानिमा बैंकले काठमाडौंको पुतलीसडकमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको समुद्घाटन बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रुपमा गरेका छन् ।
सो समुद्घाटन् समारोहमा सानिमा बैंकका अध्यक्ष श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै यस शाखाबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिनुका साथै शौक्षिक कर्जाको लागि विषेश नीति लिएको बताए । त्यसैगरी बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै पुतलीसडक शाखाबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा मह जोडीले पुतलीसडकमा सानिमा बैंक संचालनमा आएकोमा पुतलीसडक वासीहरुलाई बधाईको साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनिविश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरेका छन् ।
हालसम्म बैंकले ७८ वटा शाखा संजाल तथा ७२ वटा एटिएम मार्फत आफ्ना ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै