PRABHU BANK

ग्रीन डेभलपमेण्ट बैंकद्धारा लेखनाथ खानेपानी उपभोक्ता संस्थालाई सहयोग, शुद्ध खानेपानी उपलब्ध गराउने उद्धेश्य

Green Development Bank
  • बैंकिङ संसार
कास्की । पोखराको सभागृहचोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलमपमेण्ट बैंक लिमिटेडले मादी गाउँपालिका ७, कास्कीका सर्वसाधारण जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्धेश्यले २ हजार लिटरका २ थान र १ हजार लिटरको १ थान ट्याङ्की उपलब्ध गराउन लेखनाथ खानेपानी उपभोक्ता संस्था मार्फत् खानेपानी ट्याङ्की स्थापना तथा खरिद गर्नको लागि ६७ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
सोमबार आयोजित एक कार्यक्रममा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकीले लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मालाई बैंकको सामाजिक उत्तरदायित्व शिर्षक अन्तर्गत उक्त रकम हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा बोल्दै बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत बुढाथोकीले लेखनाथ बासीहरुलाई मात्र नभई आसपासका क्षेत्रमा समेत स्वच्छ पानीको व्यवस्थापनमा लेखनाथ खानेपानी उपभोक्ता संस्था सफल रहेको र उक्त अभियानमा बैंक सहभागी हुन पाउनु गर्वको विषय रहेको बताएका थिए ।
सोही कार्यक्रममा बोल्दै खानेपानी संस्थाका अध्यक्ष मुरारी शर्माले बैंकहरुले समेत जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने अभियानमा सहभागी भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा समेत सहकार्यको अपेक्षा गर्ने बताए ।
कार्यक्रममा बैंकका तर्फवाट संयुक्त धाख्वा, दुर्गा प्रसाद श्रेष्ठ, रविचन्द्र तिमिल्सीना तथा खानेपानी उपभोक्ता संस्थाका कार्यसमितिका पदाधिकारी, सदस्यहरु तथा कर्मचारीहरुको सहभागीता रहेको थियो । बैंकले हाल कास्की,बाग्लुङ, म्याग्दी, तनहूँ र नवलपुरमा रहेका १६ वटा शाखा कार्यालयहरुबाट विभिन्न किसीमका अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको दाबी गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै