prabhu

नेपाल बैंक लिमिटेडको साधारण सभा वैशाख २२ गते, लगानीकर्ताको हात खाली, कहिले हुँदैछ बुक क्लोज ?

 Nepal Bank
  • बैंकिङ संसार
काठमाडौं – नेपाल बैंकको वार्षिक साधारण सभा वैशाख २२ गते हुने भएको छ । बैंकको सभा नेपाल ए.पी.एफ. क्लब, हलचोक काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ । । साधारण सभा गर्नको लागि बैंकको वैशाख ९ गते बुक क्लोज हुनेछ । त्यसैले वैशाख ८ गतेसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।
बैंकले सभामा २०७५ असार मसान्तसम्मको लेखापरीक्षण विवरण पेश गर्नुका साथै आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान हिसाब, नगद प्रभाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरुमा छलफल गरी अनुमोदन गर्ने एजेन्डा पेस गर्ने भएको छ । साधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । 
बैंकले यस पटक सेयरधनीलाई लाभांश रितो हात पठाउने भएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै