prabhu

नेपाल बैकमा एकै दिनमा सात सय ग्राहकले खोले बैंक खाता, ५ दशमलव २५ प्रतिशत ब्याज पाइने

 Nepal Bank

  • बैंकिङ संसार 
काठमाडौँ – नेपाल बैंकले नेपाल सरकारले सामाजिक सुरक्षा र वित्तिय समावेशिता अभिवृद्धि गर्ने उद्देश्यले ल्याएको ‘समृद्धिको नाता खोलौ बैक खाता’ अभियानलाई सफल गराउन संस्थागत पहल गरेको छ ।
यसैक्रममा नव वर्षको उपलक्ष्यमा दिईएको सार्वजनिक विदाको दिन समेत ७० वटा शाखा खोली स्थानीय स्तरमा प्रचार प्रसार सहित नेपाल बैकद्वारा सर्वसाधारणलाई समृद्ध नेपाल अभियान वचत खाता खोल्ने सेवा संचालन गरिएको थियो ।
पहिलो दिन नै ७ सय बढी ग्राहकले उक्त खाता खोलेर यस अभियानप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । कुनै पनि बैकमा खाता नभएका नेपालीले आफनो परिचय खोलाउने कुनै पनि प्रमाणपत्रको आधारमा नेपाल बैकका कुनै पनि १ सय ६१ शाखाबाट खोल्न सकिने र यस खाता १ सय रुपैयाँ बैंकले नै दिने छ ।
उक्त अभियानमा सहभागी वचत ग्राहकलाई ५ दशमलव २५ प्रतिशतको आकर्षक व्याजदर सहित एविविएस , निःशुल्क एटिएम लगायतका सुविधा उपलव्ध हुने बैंकले जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै