prabhu

एनआईसी एशिया बैंकको एकैसाथ ८ नयाँ शाखा सञ्चालनमा, २ सय ८१ स्थानमा पुग्यो शाखा सञ्जाल !

 Nic Asia Bank
  • बैंकिङ संसार 
काठमाडौँ – एनआईसी एशिया बैंकले ८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ग्रामिण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थपदरिलो बनाउने क्रमसँगै काठमाडौं उपत्यकाभित्र ३, काभ्रेमा १,पोखरामा १, नुवाकोटमा २ र पर्सा जिल्लामा १ गरि कुल ८ नयाँ शाखा कार्यालयहरुको विस्तार गरेको हो ।
उक्त नयाँ शाखाहरुः पोखरा महामनगरपालिका वडा नं १०, अमरसिंह चोक,स्थित अमरसिंह चोक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक डा।डिल्ली राम पोखरेल र बैंकका गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्मा,नार्गजुन नगरपालिका वडा नं.४ सितापाईला स्थित सितापाईला शाखा कार्यालयको नार्गजुन नगरपालिकाका मेयर मोहन बस्नेत,काठमाडौं महानगरपालिका वडा नं ३१,शंखमुल स्थित शंखमुल शाखाको सोहि वडाका वडा अध्यक्ष नारायण प्रसाद भण्डारी,ललितपुर उपमहानगरपालिका वडा नं १८ भैसेपाटी स्थित भैसेपाटी शाखाको सोहि वडाका वडा अध्यक्ष पुरोषोतम खड्काले गरे ।
त्यसैगरी, बिदुर नगरपालिका वडा नं १, त्रिशुलीबजार, नुवाकोट स्थित त्रिशुली बजार शाखाको मेयर सन्जु पण्डित, बिदुर नगरपालिका वडा नं १०, बेत्रावती बजार, नुवाकोट स्थित बेत्रावती बजार शाखाको सोहि वडाका वडा अध्यक्ष गणेश कुमार नेपाल, धुलिखेल नगरपालिका वडा नं. ४,काभ्रे स्थित धुलिखेल शाखाको उद्घाटन धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जु तथा पर्सा जिल्लाको छिपरमाई गाउँपालिका वडा नं. ५पर्सा स्थित भिस्वा शाखाको उद्घाटन छिपरमाई गाउँपालिका अध्यक्ष मनोजकुमारले गरे ।
हालसम्म बैंकले मुलुकभर २८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै