DISH HOME

नबिल बैंकको ‘कोर सिष्टम’मा खराबी : सन्तोष नेपालको खातामा एकाएक जम्मा भयो २३ अर्व ७५ करोड रुपैयाँ …!

NABIL BANK
  • बैंकिङ संसार 

काठमाडौँ- तपाईंको खातामा २३ अर्व ७५ करोड रुपैयाँ आयो भने तपाईं के गर्नुहुन्छ होला ? त्यो पनि अरु कसैले तपाईंको खातामा यति धेरै पैसा हालिदियो भने तपाईं के गर्नुहुन्छ होला ? यस्तै भएको छ डा. सन्तोष नेपाललाई । आफ्नो खातामा २३ अर्ब ७५ करोड रुपैयाँ आएपछि उनी तीन छक्क परे ।

तर बुझ्दै जाँदा नबिल बैंकको सिस्टममा भएको खराबीको कारण यस्तो भएको रहेछ । उनले आफ्नो कहतामा यति धेरै पैसा देखेपछि तत्काल बैंकलाई फोन गरे । बैंकले नबिलको सिस्टममा भएको खराबीको कारण खातामा २३ अर्ब देखिएको बताएपछि

उनी बेलुकी ९ बजेतिर २३ अर्ब रुपैयाँ बैंकलाइ फिर्ता गर्न सफल भए । किनकि यतिबेला बैंकको सिष्टमले काम गरिसकेको थियो ।

 उनले फेसबुकमा लेखेका छन्

।। २३ अरब रुपैया फिर्ता गर्दाको अनुभव ।।

आज नबिल बैंक को मेरो खाता मा २३ अरब ७५ करोड ९६ लाख ३३ हजार सात सय छियात्तर रुपैया छेसठी पैसा (23,75,96,33,776.66 NRs ) आको थियो । हैन हो मलाई येत्रो पैसा चाहिदैन, तिम्रो अरब पैसा तिमि नै लग, बरु मेरो खातामा भाको केहि हजार रकम फिर्ता देउ भनेको, आधा घण्टा भैसक्यो, यो नबिल को भाईले समस्या समाधान गर्न सकेको हैन। विदेश बाट पैसा आको हो कि सर पो भन्छन।

बल्ल बल्ल एक घण्टा फोनमा कुरा गरे पछि २३ अरब रुपैया फिर्ता गर्न सफल भैयो। अब आफ्नो खाता मा भाको केहि हजार रुपैया फिर्ता भयो, बल्ल निद्रा राम्रो लाग्ने भो ।

 

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै