PRABHU BANK

सनराइज बैंकको संस्थागत उत्तरदायित्व अन्तर्गत सुनवलको किर्तिपुरमा चौतारी निर्माण

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौँ । सनराइज बैंकले सुनवलको वडा नं ०३ स्थित किर्तिपुर-०२ मा चौतारीको निर्माण गरेको छ । मिति २०७९/०४/२६ गते भएको एक उद्धघाटन समारोहमा उक्त चौतारीको उद्धघाटन गरिएको हो ।
उक्त कार्यक्रममा प्रमुख अथिति सुनवल नगरपालिका प्रमुख बिमला अर्याल, सभा अध्यक्ष पुमसरी गुरुङ्ग, विशिष्ठ अतिथीमा सनराइज बैंकका नायब महा-प्रबन्धक अपछ कुमार यादव र सुनवल वडा नं ०३ का वडा अध्यक्ष पविन गुरुङ्ग तथा अन्य विभिन्न पदाधिकारी, समाजसेवी तथा स्थानीयबासिहरुको उपस्थिति रहेको थियो ।
स्थानीयहरु विश्राम गर्ने, समाजका विभिन्न छलफल, भेला तथा कार्यक्रमहरु हुने उक्त चौतारीको निर्माणले समाजमा अतुलनिय योगदान पुर्याएको नगर प्रमुख अर्यालले बताए । संस्थागत उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु देशका विभिन्न ठाउँहरुमा गरिरहेको बैंकले गाउँ ठाउँको भौतिक संरचना निर्माण गरी समाजलाई सहयोग गर्न पाएकोमा बैंकका नायब महा-प्रबन्धक यादवले खुसी व्यक्त गरेका थिए ।
बैंकले हरेक वर्ष आफ्नो नाफाको १% संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्दै आएको दाबी गरेको छ । गत वर्ष मात्र पनि १ सय ५० भन्दा बढी कार्यक्रहरु गरेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै