PRABHU BANK

नेपाल इन्सुरेन्सको खुद नाफामा वृद्धि, प्रतिसेयर आम्दानी कति ?

Nepal Insurance
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्सुरेन्सको खुद नाफामा सामान्यले वृद्धि भएको छ । यसअवधिमा इन्सुरेन्सको नाफामा ७.३४% ले बढेर ३२ करोड ८९ लाख ६१ हजार रुपैयाँ भएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा इन्सुरेन्सले ३० करोड ६४ लाख ७० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसअवधिमा कम्पनीको बिमा कोषको आकार र खुद बिमा शुल्क आर्जन दुवै बढेको छ ।
बिमा कोषको आकार २७.८६५ ले बढेर ७३ करोड ३ लाख ४९ हजार रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क आर्जन १.४२५ ले बढेर ६९ करोड ८१ लाख १७ हजार रुपैयाँ पुगेको छ । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २३ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ ६० पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै