PRABHU BANK

सानिमा लाइफ इन्सुरेन्सको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक, ५७.८२ प्रतिशतले बढयो खुद नाफा

Sanima Life Insurance
  • बैंकिङ संसार
काठमाडौं । सानिमा लाइफ इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमास वित्तिय विवरण सार्वजनिक गरेको छ । इन्सुरेन्सले चौथो त्रैमासमा १५ करोड ९१ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तिय विवरण सार्वजनिक गरेको हो । इन्सुरेन्सको अघिल्लो वर्ष भन्दा यस बर्ष ५७.८२% खुद नाफा बढेको छ । अघिल्लो अवधिमा इन्सुरेन्सले १० करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
लगानी, कर्जा तथा अन्य शीर्षकको आय बढेको हुनाले नाफा वृद्धिमा सहयोग पुगेको हो । यी शीर्षकहरुबाट इन्सुरेन्सले १२ करोड ५९ लाख ३५ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले नोक्सानी व्यवस्थाका लागि ३४ लाख रुपैयाँ छुट्याएको छ ।
असार मसान्तसम्म यसको जगेडा कोष ५८.१७% ले बढेर ३९ करोड १८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यसको जगेडामा २४ करोड ७७ लाख रुपैयाँ रहेको थियो। जीवन बिमा कोषको आकार भने ५९.३१% ले बढेर ३३ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । 
खुद बिमा शुल्क आर्जन १९.७०% ले बढेर २ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ । चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको छ । असार मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ९५ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ६७ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै