PRABHU BANK

एनएमबि बैंकको तेस्रो त्रैमासः खुद नाफा १९.९३ प्रतिशतले वृद्धि गरी पुर्यायो १ अर्ब ६५ करोड, प्रतिसेयर आम्दानी कति ?

 nmb bank
  • बैंकिङ संसार 
काठमाडौं – एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले तेस्रो त्रैमाससम्म आउदा खुद नाफा १९.९३ प्रतिशतले वृद्धि गरी १ अर्ब ६५ करोड ११ लाख २६ हजार रुपैयाँ कमाएको छ । बैंकले गत वर्ष १ अर्ब ३७ करोड ६६ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको छ ।
यस्तै खुद ब्याज आम्दानी पनि गत वर्षको तुलनामा ५०.८३ प्रतिशतले बढेर ३ अर्ब ९ करोड ४१ लाख ९९ हजार रुपैयाँ पुगेको छ । साथैसञ्चालन नाफा २३.३० प्रतिशतले बढेर २ अर्ब ३४ करोड ९१ लाख ५९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष १ अर्ब ९० करोड ५१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । यस अवधिमा बैंकले ९३ अर्ब ९६ करोड २६ लाख निक्षेप संकलन गरेर ८७ अर्ब २ करोड ४५ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । 
चैत मसान्तसम्म बैंकको चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख ६३ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा २ अर्ब ४३ करोड ९९ लाख १ हजार रुपैयाँ राखेको छ । 
बैंकको प्रतिसेयर आम्दानी यस अवधिमा १ रुपैयाँ २४ पैसाले बढेर २२ रुपैयाँ ८९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ २२ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै