PRABHU BANK

लक्ष्मी बैंक लिमिटेड पनि अरबपतिको सूचीमा: खुद नाफा १९.५५% ले बढ्यो, अन्य महत्वपूर्ण सूचकहरुको अवस्था कस्तो ?

 laxmi bank
  • बैंकिङ संसार
काठमाडौं – लक्ष्मी बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तिय विवरण प्रकाशन गरेको छ। यस अवधिसम्म आइपुग्दा बैंक अरबपतिको सूचीमा उक्लिन सफल भयको छ । बैंकले यस अवधिमा खुद नाफा १९.५५% लर बढाएर १ अर्ब २ करोड ९६ लाख ३३ हजार रुपैयाँ कमाउन सफल भएको छ । बैंकले  गत वर्ष यसै अवधिमा  ८६ करोड ११ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको थियो । 
यस्तै बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ।  खुद ब्याज आम्दानी ३४.४१% ले बढेर २ अर्ब १९ करोड ६२ लाख १७ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १९.३३% ले बढेर १ अर्ब ५२ करोड ५८ लाख रुपैयाँ पुगेको छ । चैत मसान्त सम्म बैंकले ७७ अर्ब ४४ करोड ६१ लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरेर ७० अर्ब ५१ करोड ५७ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको ८.५०% बोनस वितरणपछि चुक्ता पुँजी ८ अर्ब ९२ करोड ५ लाख ९ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा जगेडा कोषमा २ अर्ब १७ करोड ११ लाख २६ हजार रुपैयाँ रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २ पैसाले बढेर १५ रुपैयाँ ३९ पैसा पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै