DISH HOME

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको नयाँ शाखा सिराहाको धनगढीमाईमा विस्तार, कुल शाखा संख्या ६३ पुग्यो

 laxmi laghubitta
  • बैंकिङ संसार
काठमाडौँ – लक्ष्मी लघुवित्त वित्तीय संस्थाले सिराहा जिल्लाको धनगढीमाई न.पा.मा ६३ औं शाखा विस्तार गरेको छ । वित्तीय संस्थाको संचालक समितिका अध्यक्ष जीवन प्रकाश लिम्बु र धनगढीमाई न.पा.का मेयर हरिनारायण चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका छन्।
समुदघाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले संस्थाको कारोबारलाई थप प्रविधी मैत्री बनाउदै ब्यवशाय विस्तार, गुणस्तरीय सेवा, नियमनकारी निकायको नीति निर्देशनको अनुपालन एवम् ग्राहक सन्तुष्टीलाई ध्यान दिदै भविष्यमा ग्राहकले रोजेको लघुवित्तको रुपमा संस्थालाई स्थापित गर्ने धारणा राखेका थिए  ।
कार्यक्रममा बोल्दै धनगढीमाई न.पा.का मेयर चौधरीले लक्ष्मी लघुवित्तको सफलताको शुभकामना व्यक्त गर्दै लघुवित्त कार्यक्रममा कर्जाको साथ साथै वित्तीय साक्षरता कार्र्यक्रमलाई पनि अगाडी बढानु पर्ने, कर्जाको दोहोरोपनामा विशेष ख्याल गर्नुपर्ने, कर्जालाई उत्पादनशील कार्यमा लगाउन ग्राहकहरुलाई सीपमूलक तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्नुपर्ने छ ।
साथै, लघुवित्तले गरिवी निवारणमा टेवा पु¥याउनुपर्ने तथा कार्यक्रम विस्तार गर्दा स्थानीय निकायसंग सहकार्य गरी अगाडी बढ्नुपर्ने जस्ता कुराहरुमा सकारात्मक जोड दिए ।
कार्यक्रममा वोल्दै संस्थाका सञ्चालक समितिका अध्यक्ष जीवन प्रकाश लिम्बुले संस्थालाई लघुवित्तको क्षेत्रमा छुट्टै पहिचान स्थापित गराउने किसिमबाट लक्ष्मी बैंकको समेत सोच रहेकोले संस्थालाई लक्ष्मी बैंकको तर्फबाट आर्थिक, प्राविधिक तथा व्यवस्थापकीय सहयोग प्रदान भइरहेको, लक्ष्मी बैंकको सेवा सुविधाहरु लघुवित्तको शाखाहरुबाट प्रदान भैरहेको र त्यसलाई आगामी दिनमा थप प्रभावकारी बनाई ग्राहकहरुलाई क्रमशः आधुनिक प्रविधीको सेवा सुविधा प्रदान गर्न तर्फ समेत आवश्यक काम भइरहेको बारे जानकारी गराए ।
हालसम्म संस्थाले ४९ वटा जिल्लामा शाखा संजाल बिस्तार गरि ग्रामीण, पिछडिएको, बैकिङ पहुँचबाट टाढा रहेका ग्राहक वर्गहरुलाई लक्षित गर्दै ७६ हजार ग्राहक वर्गलाई लघुवित्त कार्यक्रममा समेटेको छ । संस्थाले आफ्नो सदस्यहरुबाट १ अर्व १८ करोड निक्षेप संकलन गरेको छ भने ३ अर्ब ४३ करोड लगानीमा रहिरहेको कर्जा रहेको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै