PRABHU BANK

सुनसरीको देवानगञ्जमा पुग्यो नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा, उपाध्यक्ष पुनितादेवी यादवद्वारा उद्घाटन

 nepal investment bank
  • बैंकिङ संसार
काठमाडौँ – नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले सुनसरीको देवानगञ्ज गाउँपालिकामा ८०औं शाखा विस्तार गरेको छ ।
देवानगञ्ज गाँउपालिका वडा नं. २ मा शाखाले स्थानीय ५० हजार जनतालाई वित्तीय सुविधा प्रदान गर्ने जनाइएको छ । केही समयपछि एटिएम सेवापनि संचालन गर्ने बैंकले जनाएको छ ।
शाखाको गाउँपालिकाकी उपाध्यक्ष पुनितादेवी यादवले उद्घाटन गरिन् । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायत बैंकका कर्मचारी तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै