PRABHU BANK

मेरोमाइक्रोफाइनान्सको घट्यो खुद नाफा, चुक्ता पुँजी १ अर्ब २० करोड

mero microfinance
  • बैंकिङ संसार
काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लि.ले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४४ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको भन्दा ७.२९प्रतिशतले कम हो । गत वर्षको यसै चौथो त्रैमासमा ४७ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी भने १४.४३ प्रतिशतले बढेको छ ।
यस्तै कम्पनीको सञ्चालन नाफा घटेर ७.२१ प्रतिशत पुगेको छ । सो माइक्रोफाइनान्सको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ । यस लघुवित्तको निक्षेप संकलन र कर्जा लगानी दुवैमा सुधार भएको छ । यसैगरी यसको जगेडा कोषमा ५२.५५ प्रतिशत ले बढोत्तरी भएको छ ।
अघिल्लो वर्ष २९ करोड १ लाख रुपैयाँ रहेको थियो । माइक्रोफाइनान्सको खराब कर्जा अनुपात ३.७८ प्रतिशतबाट घटेर २.९४प्रतिशत रहेको छ । यसको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ भने १७७ रुपैयाँ ९९ पैसा रहेको छ । यसको रिजर्भमा ४४ करोड २२ लाख रुपैयाँ जम्मा भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै