PRABHU BANK

एनआईसी एशिया बैंकद्वारा तिन जना ग्राहकका परिवारलाई ३० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी

NIC Asia Bank
  • बैंकिङ संसार
काठमाडौँ । एनआईसी एशिया बैंकले तिन जना ग्राहकका परिवारलाई दुर्घटना बीमा बापत प्रतिव्यक्ति १० लाखको दरले कुल ३० लाख बिमा रकम भुक्तानी गरेको छ । बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत विभिन्न शाखामा बचत खाता खोलेका ३ जना ग्राहकहरुको दुर्घटनामा परि मृत्यु भएकाले बीमा लाभ अन्तर्गत मृतक खातावालका परिवारलाई बीमा रकम भुक्तानी गरेको हो ।
बीमा लाभ प्राप्त गर्ने यस बैंकको त्रिपुरेश्वर शाखामा KMC Ambassador बचत खाता खोलेका स्व। शिव प्रसाद सुवेदीको श्रीमती लक्ष्मी ढकाल, ग्वार्को शाखामा सर्वश्रेष्ठ सहज बचत खाता खोलेका स्व. टंक प्रसाद घिमिरेको श्रीमती डिली मै घिमिरे र सुदुर पश्चिम प्रदेश साँफेबगर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका स्व. ज्ञान बहादुर चौधरीको श्रीमती अनिता चौधरी रहेका छन् ।
निज खातावालहरुको हिताधिकारीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सुदुरपश्चिम प्रदेश प्रमुख सुवास जोशीले फरक फरक कार्यक्रमकाबीच बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै