prabhu

महालक्ष्मी विकास बैंकको नयाँ शाखा मैतिदेवीमा, राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्धारा उद्घाटन

 mahalaxmi bikash bank
  • बैंकिङ संसार 
काठमाडौं – महालक्ष्मी विकास बैंकले मैतिदेवीमा शाखा कार्यालय खोलेको छ । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले शाखाको उद्घाटन गरे ।
उक्तकार्यक्रममा सभापतिको आसन बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायज्यूले ग्रहणगर्नु भएको थियो भने विशेष अतिथिका रुपमा मैतीदेवीका वडा अध्यक्ष दलबहादुर कार्की तथा बैंकका सञ्चालक समितिका सदस्य रुपेन्द्र पौडेल रहेका थिए ।
बैँकका प्रमुखकार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गरेका थिए । साथै, वहाँले कार्यक्रममा बैँकले आफ्नाग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधनगर्दै आएको जानकारी दिँदै आगामीदिनमा बैंकले अझै उत्कृष्ट सेवादिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता व्यक्त गरे ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै