prabhu

मौद्रिक नीतिको तयारीमा जुट्यो नेपाल राष्ट्र बैंक

 nepal rastra bank
काठमाडौं – नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीतिको तयारीमा जुटेको छ । सरकारले यही जेठ १५ गते आगामी आर्थिक वर्षको लागि कुल १५ खर्ब ३२ अर्ब ९७ करोड रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको थियो । विगतमा बजेट घोषणा भएको पहिलो हप्ताभित्र नेपाल राष्ट्र बैंकले बजेटमा उल्लेख गरिएका नीति तथा कार्यक्रमलाई समेटेर मौद्रिक नीति जारी गथ्र्यो । तर अहिले भने संविधानमा भएको व्यवस्था अनुसार प्रत्येक वर्षको जेठ १५ गते बजेट घोषणा हुने भए पनि राष्ट्र बैंकले भने आफ्नो पुरानै कार्यतालिकाअनुसार आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति जारी गर्दै आएको छ ।
सोहीअनुरुप राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीतिका लागि आफ्ना राय÷सुझावहरु पेस गर्न भन्दै, बैंक तथा वित्तीय संस्था, उद्योगी, व्यवसायी, अर्थविद् एवं सरोकारवाला सबै पक्षलाई आह्वान गरेको छ । राष्ट्र बैंकले सार्वजनिक रुपमा सूचना जारी गर्दे आफ्ना राय/सुुझावहरु राष्ट्र बैंकको अनुसन्धान विभागमा पठाउन आह्वान गरेको हो  । यसैबीच, राष्ट्र बैंकले आज सोमबार पाँच सय १३ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार आज सोमबार अपराह्न ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । 
जारी मिति जेठ २१ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन् । बिक्री गरिने कुल ट्रेजरीमध्ये ९१ दिने अवधिको तीन सय १३ करोड र तीन सय ६४ दिने अवधिको दुई सय करोड रुपैयाँको रहेको छ । सोमध्ये २८ दिने अवधिको ट्रेजरीको परिपक्व हुने मिति वि.सं. २०७६ भदौ १७ गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि वि.सं. २०७७ जेठ २० गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ । 
यसअघि यही जेठ १३ गते पनि राष्ट्र बैंकले २८ दिने अवधिको तीन सय २५ करोड, ९१ दिने अवधिको पाँच सय २३ करोड, एक सय ८२ दिने अवधिको छ सय ४७ करोड र तीन सय ६४ दिने अवधिको चार सय करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो । तर उक्त ट्रेजरीमध्ये २८ दिने अवधिमा ९५ करोड, ९१ दिने अवधिमा दुई सय ६५ करोड, एक सय ८२ दिने अवधिमा पाँच सय ९५ करोड र तीन सय ६४ दिने अवधिमा छ सय ९५ करोड रुपैयाँ बराबरको ट्रेजरी खरिदको लागि मात्र आवेदन परेको थियो । राष्ट्र बैंकले आगामी असार मसान्तसम्म ८६ अर्ब रुपैयाँबराबरको आन्तरिक ऋण उठाउने लक्ष्यअनुरुप पछिल्लो अवधिको ट्रेजरी बिल, विकास ऋणपत्रहरुको बिक्री खुल्ला गरेको हो । (आर्थिक दैनिकबाट)

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै