PRABHU BANK

गण्डकी विकास बैंकद्धारा ७ दिने निःशुल्क तालिम सञ्चालन, ७८ जना महिलाले प्रत्यक्ष लाभ लिन सक्ने

 gandaki bikash bank
  • बैंकिङ संसार 
काठमाडौं – गण्डकी विकास बैंक लिमिटेडले पोखरा महानगरपालिका वडा नं. ५ स्थित पस्र्याङ्ग शाखाको प्रथम वार्षिक उत्सवको उपलक्ष्यमा महिलाहरुको सिप विकास सम्बन्धी सात दिने निःशुल्क तालिम सुरु गरेको छ ।
कार्यक्रमको औपचारिक सुरुवात गर्दै पोखरा महानगरपालिका वडा नं. ५का वडा अध्यक्ष तथा महानगरपालिकाका प्रवक्ता धन बहादुर नेपालीले महिलाहरुलाई सक्षम र आत्मनिर्भर बन्नका लागि तालिम सहयोगी हुने बताए ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तारानाथ लम्सालले महिलाहरुलाई आत्मनिर्भर बनाउन बैंकले यस प्रकारको तालिम संचालन गरेको जानकारी दिए ।
७ दिन सम्म चल्ने उक्त सिप मुलक निःशुल्क तालिम दुई सिफ्ट गरि संचालन गरीएको छ । उक्त सिपमूलक कार्यक्रममा वडा नंं ५ का २४ वटा आमा समुहका ७८ जना महिलाले प्रत्यक्ष लाभ लिने छन् । उक्त सिप मूलक तालिममा ३ जनाले सहजीकरण समेत गरेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै