prabhu

प्रोग्रेशिभ फाइनान्स लिमिटेडका सञ्चालक रणदेवकृष्ण श्रेष्ठ बर्खास्त, यस्तो छ कारण !

 progressive finance
  • बैंकिङ संसार 
काठमाडौँ – प्रोग्रेशिभ फाइनान्स लिमिटेड सञ्चालक समितिका सदस्य रणदेवकृष्ण श्रेष्ठ बर्खास्त भएका छन् । कम्पनीका प्रमुख प्रशासकीय अधिकृत विशाल हुमागाईँले नेपाल स्टक एक्सचेञ्जलाई सञ्चालक समितिका सदस्य श्रेष्ठ सञ्चालक पदमा बहाल रहन नसक्ने पत्र लेखेका छन् ।
सञ्चालक समितिको असार २ गतेको बैठकको निर्णय अनुसार सञ्चालक समिति सदस्य श्रेष्ठ बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १८ को उपदफा १(घ) मा भएको व्यवस्था लागु हुने देखिएको सञ्चालक रहन नसक्ने पत्रमा उल्लेख छ । सोही ऐनको दफा १९ मा सञ्चालक पदमा बहाल रहन नसक्ने अवस्था अन्तरगतको उपदफा १(क) अनुसार श्रेष्ठ सञ्चालक सदस्यका रुपमा रहिरहन नमिल्ने देखिएको भन्दै नेप्सेलाई जानकारी गराइएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै