ग्लोबल आइएमई बैंक र सुमेरु अस्पताल प्रालिबीच सम्झौता, बैंकका ग्राहकले स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट पाउने

 global ime bank
  • बैंकिङ संसार 
काठमाडौं – ग्लोबल आइएमई बैंक लि. र सुमेरु अस्पताल प्रालिबीच अस्पतालले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकको कार्ड बिक्रि तथा बजार प्रवर्धन विभाग प्रमुख नवीन सुवेदी र सुमेरु अस्पताल प्रालिका निर्देशक दिलिप डंगोलले हस्ताक्षर गरेका छन् ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ/संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको जनाएको छ ।
सम्झौता भएसँगै सुमेरु अस्पताल, धापाखेल, ललितपुरमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्