DISH HOME

एनआईसी एशिया बैंकको कार्डमार्फत दराजको मोबाइल किन्दा ५ हजारसम्मको छुट

 nic asia bank
  • बैंकिङ संसार 
काठमाडौं – एनआईसी एशिया बैंकले दराजको मोबाइल विकमा मोबाइल फोन किन्दा छुटको योजना ल्याएको छ । बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत अनलाइन पेमेन्ट गरी असार ९ देखि असार १५ गतेसम्म चल्ने दराज अनलाइन सपिङको मोबाइल विकमा मोबाइल किन्दा २५ प्रतिशत वा अधिकतम ५ हजार रुपियाँसम्म छुट प्राप्त गर्न सकिनेछ ।
बैंकको मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकले जनाएको छ ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै