- बैंकिङ संसार
काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. १४ स्थित छिनेडाँडामा असार २९ गते ९४औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको हो ।
बैंकका सञ्चालक चतुराखर अधिकारी, संचालक देवकृष्ण काफ्ले तथा गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाले संयुक्त रुपमा कारोबार सुभारम्भ गरेका हुन् ।