PRABHU BANK

नेपालका ५ बैंक ‘एशिया मनि अवार्ड’ बाट पुरस्कृत पुरस्कृत

 bank
  • बैंकिङ संसार 
काठमाडौँ – नेपालका पाँच वाणिज्य बैंकहरु पुरस्कृत भएका छन् । युरोपबाट निस्कने पत्रिका ‘युरो मनि’ ले हरेक वर्ष प्रदान गर्ने ‘एशिया मनि अवार्ड’ मा यसपाली नेपालका ५ वाणिज्य बैंकहरु पुरस्कृत भएका हुन् । १२ जुलाईमा हङकङमा आयोजित कार्यक्रममा विभिन्न सात विधामा नेपालका ५ वटा वाणिज्य बैंकहरुले अवार्ड जिते ।
विश्वभरका करिब २ हजार बैंकहरु यो अवार्डका लागि नोमिनेसनमा परेका थिए । हरेक देशलाई छुट्टाछुट्टै यो अवार्ड प्रदान गरिन्छ । यसमा नेपाली बैंकहरुलाई पहिलो चोटी समेटिएको हो । अवार्ड जित्ने बैंकहरुमा नविल बैंक, मेगा बैंक, स्टाण्डर्ड चार्टड बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।
सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले बेस्ट सीएसआर बैंक अवार्ड’ जित्न सफल भएको छ । यो बैंकलाई सामाजिक उत्तरदायित्व राम्रोसँग निभाएको भन्दै उक्त अवार्ड प्रदान गरिएको जनाएको छ । त्यस्तै, यूरो मनिले ‘बेष्ट डोमेस्टिक बैंक’सहित दुई अवार्ड नविल बैंकलाई प्रदान गरेको छ । नेपालको पहिलो ज्वाइन्ट भेञ्चर बैंकको रुपमा रहेको नविलले बेस्ट डिजिटल बैंक अवार्डसमेत प्राप्त गरेको बैंकले जनाइएको छ ।
मेगा बैंकले पनि दुई विधामा अवार्ड जितेको छ । मेगाले ‘बेस्ट बैंक अफ माइक्रोफाइनान्स’ र ‘बेस्ट बैंक फर स्मल टू मिडियम इन्टरप्राइजेज’ अवार्ड जित्न सफल भएको हो । यसैगरी स्टाण्डर्ड चार्टड बैंकले ‘बेस्ट इन्टरनेसनल बैंक’ अवार्ड जित्न सफल भएको छ । ‘बेस्ट कर्पोरेट एण्ड इन्भेस्टमेन्ट बैंक अवार्ड’ नेपाल इन्भेस्टमेन्ट बैंकले जितेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै