PRABHU BANK

ओम डेभलपमेन्ट बैंक र अशोक लेलैण्डबीच सम्झौता, ७० प्रतिशतसम्मको कर्जा सुविधा !

 om development bank
  • बैंकिङ संसार
काठमाडौँ । अशोक लेलैण्ड र ओम डेभलपमेन्ट बैंक लिमिटेडबिच सेवा सुविधा आदन प्रदान सम्बन्धी सम्झौता भएको छ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ओम डेभलपमेन्ट बैंक लिमिटेडबिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको हो ।
उक्त, सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र आईएमईमोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका हुन् । सो सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएकाग्राहकहरुले सहज रुपमा ७० प्रतिशत सम्मको कर्जा सुविधा ओम डेभलपमेन्ट बैंक लिमिटेडबाट पाउने भएका छन् ।
यसै अनुरुप बैंकका ग्राहकहरुले अशोक लेलैण्डको विभिन्नप्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्तगर्ने भएका छन् । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताएका छन् । कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबिच संयुक्त रुममा सहकार्य गर्दै अगाडी बढ्ने पनि सहमति भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै