PRABHU BANK

गरिमा विकास बैंकको खुद नाफामा २६.३२% ले बढ्यो, अन्य सूचकहरूको अवस्था कस्तो ?

 garima bikash bank
  • बैंकिङ संसार 
काठमाडौं – गरिमा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमास सम्ममा अधिकांस सूचकहरुमा सुधार ल्याएको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले यस अवधिमा खुद नाफा २६.३२ प्रतिशतले वृद्दि गरी ५९ करोड २२ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष सोही अवधिमा ४६ करोड ८८ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । 
यता बैंकका पूँजी कोष भने खुम्चिएको छ । अघिल्लो आर्थिक वर्षमा १९ प्रतिशत माथि रहेको बैंकको पूँजी कोष अहिले १४ प्रतिशतमा संकुचित बनेको हो।
यस्तै बैंकको चुक्ता पुँजी पनि १० प्रतिशतले बढेर २ अर्ब ७८ करोड ८३ लाख रुपैयाँ पुगेको छ भने बैंकको वितरण योग्य नाफा ४५ करोड ३१ लाख रुपैयाँ रहेको छ । असार मसान्त सम्ममा बैंकले निक्षेप संकलन र कर्जा प्रवाह क्रमशः ३५.७६ प्रतिशतले र ५१.२७ प्रतिशतले वृद्धि भएको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ७४ पैसाले बढेर २१ रुपैयाँ २४ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ४६ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै