भारतीय रिजर्भ बैंकले बढायो ब्याजदर, ५.५ प्रतिशत कायम !

काठमाडौँ। भारतीय रिजर्भ बैंक (आरबीआई) ले रेपो दर बढाएको छ। आरबीआईले नीतिगत ब्याजदर अर्थात् रेपो दर २५ आधार अंकले बढाएर ५.५ प्रतिशत पुर्‍याएको हो ।

बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न र विश्वव्यापी तथा भूराजनीतिक अनिश्चितताबीच अर्थतन्त्रमा मूल्य स्थिरता कायम राख्ने उद्देश्यले यो निर्णय गरिएको हो।

आरबीआई गभर्नर सञ्जय मल्होत्राका अनुसार मौद्रिक नीति समितिका सबै सदस्यले रेपो दर वृद्धिको पक्षमा सर्वसम्मत निर्णय गरेका छन्। यसअघि फेब्रुअरी २०२३ मा रेपो दर ६.२५ प्रतिशतबाट ६.५० प्रतिशत पुर्‍याइएको थियो।

योसँगै मौद्रिक नीति समितिले आफ्नो नीतिगत रुख ‘न्युट्रल’ बाट ‘क्यालिब्रेटेड टाइटनिङ’ अर्थात् क्रमिक कडाइतर्फ परिवर्तन गरेको छ। आरबीआईले चालु आर्थिक वर्षको वास्तविक जीडीपी वृद्धि दर ७.१ प्रतिशत रहने अनुमान गरेको छ भने मुद्रास्फीतिको अनुमान ५.१ प्रतिशतबाट बढाएर ५.२ प्रतिशत पुर्‍याएको छ।

अगस्तमा भारतको खुद्रा मुद्रास्फीति ४.८२ प्रतिशत पुगेको थियो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्