prabhu

कञ्चनपुर भन्सार कार्यालय परिसरमा एनआईसी एशिया बैंकको एक्सटेन्सन काउण्टर संचालनमा !

nic asia bank
  • बैंकिङ संसार 
काठमाडौँ । एनआईसी एशिया बैंकले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. ११ गड्डाचौकि स्थित कञ्चनपुर भन्सार कार्यालयको विस्तारित एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याइएको छ ।
विस्तारित काउण्टरको उद्घाटन कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले गरेका हुन् । नेपाल सरकारको भन्सार तथा राजस्व कार्यालयहरुमा नगदरहित कारोबारको सुनिश्चितता गर्ने उद्देश्यमा सहकार्य गर्दै बैंकले भन्सार कार्यालय, आन्तरिक राजश्व कार्यालय लगायत राजश्व संकलन हुने अन्य कार्यालयहरुमा विस्तारित काउन्टर खोली आफ्नो सेवा प्रदान गर्दै आइरहेको र भविष्यमा यस्ता सुविधाहरु अझै थप गर्दै लैजाने विश्वास बैंकले लिएको छ ।
उक्त समुद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले उक्त विस्तारित काउण्टर सञ्चालनले नेपाल भारत सीमामा रहेको कञ्चनपुर भन्सार कार्यालयबाट दैनिक रुपमा हुने आयात निर्यातसँग सम्बन्धित कारोबारका लागि बैंकबाट छिटो छरितो तथा पारदर्शी रुपमा सेवा प्राप्त गर्न सक्ने विश्वास लिएको जानकारी गराए ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै