PRABHU BANK

बैंकिङ कसुरको मुद्दा भोगिरहेका सिटिजन्स बैंकका शाखा प्रबन्धक विवेक स्वाँरको हृदयघातका कारण मृत्यु !

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड नेपालगञ्जका शाखा प्रबन्धक विवेक स्वाँरको हृदयघातका कारण मृत्यु भएको छ । स्वाँरको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीका अनुसार बैंकमा नक्कली सुन धितो राखेर बैंकलाई करोडौँ ठगी गरेको अभियोग लागेपछि मानसिक तनावमा रहेका कारणले उनको हृदयघातबाट मृत्यु भएको हो ।  
स्वाँर आइतबार बेलुका ६ बजे मात्र कार्यालयबाट घर गएका थिए । उनी एक्कासि बिरामी भएपछि अस्पताल भर्ना गरिएको थियो । 
यता स्वाँर बैंकिङ कसुरअन्तर्गत मुद्दा भोगिरहेका थिए भने गत साउन ८ गते २५ लाख धरौटीमा छुटेका उनको १ महिनापछि भदौ ८ गते हृदयघातबाट मृत्यु भएको हो । उनको आज दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै