PRABHU BANK

नेपाल बङ्गलादेश बैंकले ल्यायो ६ नयाँ शाखा संचालनमा, कहाँ – कहाँ पुग्यो सेवा ?

nepal bangladesh bank
  • बैंकिङ संसार 
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले थप ६ शाखा विस्तार गरेको छ । शाखा विस्तारको क्रममा बैंकले ललितपुर जिल्लाको सानेपा, काठमाण्डौँ जिल्लाको टोखा र तिलगङ्गा, भक्तपुर जिल्लाको च्यामासिङ, दाङ जिल्लाको तुल्सीपुर र सिन्धुपाल्चोक जिल्लाको तातोपानी शाखा तथा तातोपानी भन्सार राजश्व संकलन काउन्टर उद्घाटन भई औपचारिक कारोबार शुरूवात गरेको हो ।
बैँकले सर्वसाधारणलाई सहज बैँकिङ्ग सेवा सुविधा प्रदान गर्ने उदेश्यले आफ्नो शाखा संजाल नपुगेका क्षेत्रमा नयाँ शाखा विस्तार गरेको हो । साथै शाखाहरुबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानी लगायत सम्पुर्ण बैँकिङ्ग सेवा प्राप्त गर्न सक्ने जनाएको छ ।
हाल यी ६ शाखाहरु सहित बैंकले ९४ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ७८ वटा एटिएमबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै