PRABHU BANK

सानिमा बैंक लिमिटेडले गर्‍यो ‘टिच फर’ नेपाललाई १० लाख सहयोग !

sanima bank
  • बैंकिङ संसार 
काठमाडौं । शैक्षिक क्षेत्रमा उल्लेखनिय योगदान पुर्याउँदै आएको शैक्षिक संस्था टिच फर नेपाललाई सानिमा बैंकले रु.१० लाख सहयोग गरेको छ । बैंकले शैक्षिक क्षेत्रमा टेवा पुर्याउने हिसाबले विगतको सहयोगलाई निरन्तरता दिदै रु. १० लाख सहयोग गरेको हो ।
सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीताका लागि टिच फर नेपालले ६ वर्षदेखि यस क्षेत्रमा कार्यरत छ । टिच फर नेपालको मार्फत हाल १३८ जना प्रज्ञार्थी शिक्षकहरु देशका विभिन्न ७ जिल्लाका ६५ सामुदायिक विद्यालयहरुमा कार्यरत रही १० हजार भन्दा बढी विद्यार्थीहरुमा प्रत्यक्ष र सकारात्मक प्रभाव पारिरहेका छ ।
बैंकले यसका साथै विगत ७ बर्ष देखिनै सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका शाखाहरुबाट विपन्न वर्गका बिद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै