PRABHU BANK

नबिल बैंक लिमिटेड र एडुकेशन कन्सलटेन्सी एसोशिएसन अफ नेपाल इक्यानबीच सम्झौता, यस्ता छन् सम्झौता बुँदाहरु !

nabil bank
  • बैंकिङ संसार 
काठमाडौं । नबिल बैंक र एडुकेशन कन्सलटेन्सी एसोशिएसन अफ नेपाल इक्यानबीच सम्झौता भएको छ । यी दुई संस्थाबीच विशिष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौतामा भएको हो ।
सहमति पश्चात नबिल बैंकले इक्यानसँग आवद्घ सदस्य संस्थाहरु, तीनका कर्मचारीहरु एवं विद्यार्थीहरुका लागि आधिकारिक बैंकको रुपमा सेवा प्रदान गर्नेछ । यस सम्झौता अन्तर्गत बैंकले इक्यान सदस्य संस्थाहरु तथा विद्यार्थीहरुलाई प्राथमिकताका साथ न्यूनतम शुल्कमा शैक्षिक कर्जा लगायत विप्रेशणका सुविधा, कार्ड सुविधाहरु, कर्मचारी खाता, अनलाईन भुक्तानी सेवा लगायत सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गर्नेछ ।
सम्झौतामा कार्यक्रममा नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह ज्यूले उक्त सहमति मार्फत नेपालको भविष्यको कर्णधार विद्यार्थीहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने नबिल बैंकको प्रतिवद्घता रहेको उल्लेख गरे ।
इक्यानको तर्फबाट अध्यक्ष विष्णु हरि पाण्डेले इक्यानले नबिल बैंक जस्तो प्रतिष्ठित बैंक आधिकारिक बैंकको रुपमा पाउनु र आफ्नो संस्था, सम्पूर्ण सदस्य संस्थाहरु, कर्मचारी लगायत विद्यार्थीहरुले सुलभ तरिकाले सम्पूर्ण बैंकिङ्ग सुविधा पाउनु गर्वको विषय भएको उल्लेख गरे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै