PRABHU BANK

जनता बैकले गर्यो नागार्जुनको नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारको लागी आर्थिक सहयोग !

janata bank
  • बैंकिङ संसार 
काठमाडौं । जनता बैकंले नागार्जुन नगरपालिकाको वडा न. १, रानीवन स्थित नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारको लागी एक लाख ५० हजार रुपैंया सहयोग गरेको छ । बैंकका नायव प्रमुख कार्यकारी अध्यक्ष सुजित कुमार शाक्यले नागभुषण महादेव मन्दिर संरक्षण तथा सामुदायिक संस्थाका अध्यक्ष विष्णु कुमारी सिंखडालाई आज उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।
ईचंगुनारायण जग्गा एकिकरण आयोजना भित्र करिव १.५ रोपनी क्षेत्रफलमा कलात्मक श्री नागभुषण महादेव मन्दिर र करिव २ सय जना क्षमताको सत्संग भजनपाटी निर्माण गरिएको छ ।
उक्त मन्दिर परिसरको थप भौतिक संरचना सुधार र निर्माणको लागि सहयोग स्वरुप संस्थागत सामाजिक उत्तरदायित्व अन्त्र्तगत उक्त रकम प्रदान गरेको बैंकले जनाएको छ । बैंकले हाल देशभरमा १४२ शाखा ५० शाखा रहित बैकिंग १०८ एटिएम ३ एक्स्टेन्सन काउण्टर र १ सिमित बैकिंग इकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै