PRABHU BANK

प्रभु मनी ट्रान्सफर र एच पी स्टेट कोअपरेटिभ बैंक लिमिटेडबीच रेमिटेन्स सम्झौता !

 prabhu money transfer
  • बैंकिङ संसार 
काठमाडौं । प्रभु मनी ट्रान्सफर र एच पी स्टेट कोअपरेटिभ बैकबीच सम्झौता भएको छ । बैंकले भारतस्थित हिमाचंल प्रदेशको एच पी स्टेट कोअपरेटिभ बैक लिमिटेडसँग रेमिटेन्स सम्झौता गरेको हो ।
सम्झौतापछि हिमाचंलमा काम गर्ने प्रवासी नेपालीहरूले थप सजिलो हुने गरी एच पी स्टेट कोअपरेटिभ बैक लिमिटेड  करिब २४० शाखाहरूबाट नेपालमा पैसा पठाउन सक्ने छन् ।
त्यस्तै, भारतको जुन कुनै ठाउँबाट पठाएको पैसा नेपालमा प्रभु बैक लगायत अन्य सबै वाणिज्य बैक र सहकारी संस्थाका खाताहरूमा तुरुन्तै जम्मा गर्न सकिने छ भने देशभरमा आठ हजार भन्दा बढी प्रभुका रेमिट्यान्स काउन्टरहरूबाट पैसा नगद प्राप्त गर्न सकिने समेत जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै