PRABHU BANK

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा सीएसआर अन्तर्गत नेपाल रेडक्रसलाई ५ लाखको चेक हस्तान्तरण !

nepal investment bank
  • बैंकिङ संसार 
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र नेपाल रेडक्रस सोसाइटीबीच सीएसआर अन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रबद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सो सहमतिपत्र हस्ताक्षर गर्नुका साथै बैंकका प्रतिनिधीहरुद्घारा नेपाल रेडक्रस व्यवस्थापनलाई रु ५ लाखको चेक हस्तान्तरण गरिएको थियो ।
रक्तदान संकलन, सचेतना तथा स्वस्थ्य जीवनलाई सुधार तथा प्रबर्धनका लागि आवश्यक ज्ञान अभिवृद्धि गर्ने शिक्षामूलक प्रेरणादायी कार्यक्रमहरू सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले नेपाल रेडक्रसलाई यो आर्थिक सहयोग गरिएको हो ।
एनआईबीएलले विगतदेखि नै यस्ता किसिमका स्वास्थ्य हेरचाहका गतिविधिहरूमा पहल गर्दै आएको छ र सामाजिक विकासका साथसाथै त्यसमा व्यक्तिगत रुपमा सचेत र स्वस्थ्य व्यवहार सामेल गराउन आफ्नो भूमिका निर्वाह गर्ने यसको उद्देश्य रहेको हो ।
बैंकले ८२ शाखा, १२० एटीएम, १५ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहीत बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै