PRABHU BANK

कुमारी बैंकले गर्यो एकैसाथ ७ शाखाको उद्घाटन !

 kumari bank
काठमाडौँ । कुमारी बैंक लिमिटेडले काठमाडौँ उपत्यकाभित्र तथा बाहिर गरेर आफ्ना सात नयाँ शाखाहरूको उद्घाटन समारोह सम्पन्न गरेको छ । काठमाडौँ स्थित नयाँ वानेश्वर शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप जबरा र नागरिक लगानी कोषका प्रमुख प्रशासक रमण नेपालले संयुक्त रूपमा गरेका हुन् ।
यसैगरी, कीर्तिपुर शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य महेश प्रसाद पोखरेलज्यू र कीर्तिपुर नगरपालिका ९ का वडाअध्यक्ष गंगाराम महर्जनद्वारा सम्पन्न भएको हो । साथै, काभ्रेस्थित बनेपा शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य कृष्णप्रसाद ज्ञवाली तथा बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादे श्रेष्ठले संयुक्त रूपमा गरे ।
बैंकले उपत्यकाबाहिर भने नवलपरासीस्थित गैंडाकोट, बारास्थित जितपुर, चितवनस्थित पुरानो पर्सा, पर्सास्थित सिर्सियामा गरी कूल ४ शाखाहरूको औपचारिक उद्घाटन गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै