PRABHU BANK

प्रभु क्यापिटलले ल्यायो चाडवाडको अवसरमा ग्राहकको लागि विशेष अफर, T3 थकाली ग्रुपबाट सेवा लिदा १२ प्रतिशत छुट

Prabhu Capital
  • बैंकिङ संसार
काठमाडौँ । प्रभु क्यापिटलले चाडवाडको अवसरमा आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । भाद्र ८ गते देखि प्रभु क्यापिटल तथा T3 थकाली ग्रुपकाबिच समझौता भएको छ । यस अफर अन्तर्गत प्रभु क्यापिटलका हितग्राही ग्राहकले T3 थकाली ग्रुपबाट सेवा लिदा १२ प्रतिशत छुट पाउने भएका छन् ।
यो योजनाबाट लाभ लिन हितग्राहीले CHECK OUT या BILL Payment गर्दा प्रभु क्यापिटलमा हितग्राही खाता रहेको देखाउनु पर्नेछ । समझौताको मितिदेखि तीन महिनासम्म सञ्चालन हुने यो अफरको लाभ क्यापिटलका हितग्राही ग्राहकले त्घ थकाली ग्रुपको एयरपोर्ट, महाराजगंज तथा टोखाका शाखाहरुबाट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
नेपाली पूँजी बजारमा Video KYC मार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंक र प्रभु क्यापिटल लिमिटेडले समयानुसारको प्रविधि अपनाउँदै आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दछ । हाल प्रभु क्यापिटलले २ लाख १५ हजार माथि हितग्राही ग्राहकलाई डिपी सेवा प्रदान गरिरहेको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै