PRABHU BANK

सनराइज बैंकले २० लाख कित्ता ऋणपत्र जारी गर्दै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौँ । सनराइज बैंकले २० लाख कित्ता ऋणपत्र ल्याउने भएको छ । बैंकले उक्त ऋणपत्र जारी गर्नको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । 
बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नको लागि बोर्डसँग अनुमति मागेको हो । बैंकले जारी गर्नको लागेको ऋणपत्रमध्ये सर्वसाधारणलाई ८ लाख कित्ता र व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई १२ लाख कित्ता बिक्री गर्न लागेको हो ।
यस ऋणपत्रमा वार्षिक १०.५ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले १० वर्ष अवधिको सनराइज डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यपिटलले गर्नेछ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै